दमक,मंसिर १८ । पार्टी एकतासंगै प्रदेश तथा जिल्ला तहमा समायोजनको प्रकृयामा रहेको जनता समाजवादी पार्टीभित्र मतभेद देखिएको छ ।

एकता पार्टीको एक खेमा पूर्व राष्ट्रिय जनता पार्टी प्रदेश १ समितिले बुधबार विज्ञप्ति निकालेर समाजवादी पार्टीले मात्र आफ्नो अनुकुल प्रदेशमा गतिविधि तीव्र बनाएको भन्दै आपत्ति जनाएको हो ।
पार्टी समायोजन प्रक्रिया चलिरहेको भएपनि समाजवादीले भने आफ्नो पार्टीलाई जानकारी विना नै एकिकृत पार्टीको नामबाट विभिन्न गतिविधि गर्दै आएकाले त्यस्तो कार्य पार्टी एकता हितविपरीत भएको ठहर गरिएको छ ।
पूर्व राष्ट्रिय जनता पार्टी प्रदेश १ समितिका अध्यक्ष फक्तालुङ योङहाङ र मुख्य सचिव सत्यनारायण शाहद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा पार्टी समायोजन प्रक्रियालाई प्रभाव पार्ने गतिविधि नगर्न तथा एकताको मर्मअनुसार अघि बढ्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्