बिर्तामोड , मंसिर १८ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले बिर्तामोड नगरपालिकाको १ नं वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपाली काँग्रेसका नगर उपसभापति लक्ष्मी आचार्यको नेतृत्वमा गएको टोलीले वडा कार्यालयमा तालाबन्दी गरेको हो । भूमाफियासँग मिलेर किता नं. फेरेर करोडौंको जग्गा बिक्री गर्न खोजेको आरोप लागेका वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले प्रक्रिया पूरा गरी सबै कागजात ल्याउँदा पनि सिफारिस नदिएको भन्दै काँग्रेस कार्यकर्ताहरुले तालाबन्दी गरेको बलराम कार्कीले बताए ।
