झापा, मंसिर १८ । झापामा कोरोना संक्रमितको सँख्या ४ हजार नाघेको छ ।
बिहीबार ५९ जना थपिएसँगै जिल्लामा संक्रमितको सँख्या ४ हजार १० पुगेको हो । त्यसमध्ये कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ६७१ छ । यस्तै, सक्रिय संक्रमित भई विभिन्न आइसोलेसनमा उपचाररतको संख्या १ हजार २२५ रहँदा होम आइसोलेसनमा १ हजार २०९ जना छन् ।
पछिल्लो २४ घण्टाभित्र ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ५९ जनामध्ये २८ जना महिला र ३१ जना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी हल्दिबारी गाउँपालिकाका ११ जना छन् भने बिर्तामोड नगरपालिकाका १० जना रहेका छन् । हल्दिबारीमा ६ महिला र ५ पुरुषमा संक्रमण भएको हो भने बिर्तामोडमा ७ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यसैगरी, भद्रपुरका ३ महिला र ४ पुरुष, दमकमा १ महिला र ४ पुरुष, गौरादहका २ महिला, २ पुरुष, कनकाईका १ महिला र ३ पुरुष, कचनकवल, बाह्रदशी र शिवसताक्षीमा समान १–१ महिला र २–२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यस्तै, कमल गाउँपालिकामा ३ महिला, बुद्धशान्ति र गौरीगञ्जमा १–१ जना महिला, मेचीनगरका १ पुरुष र पालिका नखुलेका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।