झापा , मंसिर १८ । राष्ट्रिय कलाकारसहित १२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कनकाई नगरपालिका ३ मा भएको एक कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष एवं राष्ट्रिय कलाकार तथा मुर्तिकारका हिम्मत नेम्बाङ, कनकाई ४ का स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार देवेन्द्र कार्की, भेट्रान फुटबल क्लबका अध्यक्ष राजेन्द्र खतिवडा, राप्रपाका अशोक बराल, यज्ञ ढकाल, प्रकाश खड्का, समिर ढकाल, सुनिता कुमाल, प्रकाश सुब्बा, सपना सुब्बा, ताङसाङ नेम्वाङ र नेकपाका गोपालचन्द्र भट्टराई गरी १२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नगर सभापति नेत्रप्रसाद चिमरियाको सभापतित्वमा सचिव दुर्गा प्रसाईले संचालन गरेको कार्यक्रममा कांग्रेस नेता एव पूर्व जिल्ला उपसभापति देउकुमार थेवेले नवप्रवेशीहरुलाई स्वागत गर्दै संख्यात्मक भन्दा गुणात्मक रुपमा पार्टी प्रवेश भएको बताए । उनले नवप्रवेशीहरूलाई सदस्यता वितरण गरे भने नगर नेता एकराज उप्रेतीले टीका लगाउँदै धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्