बिर्तामोड , मंसिर १९ । बिर्तामोड नगरपालिका २ स्थित नमस्ते प्लाई फ्याक्ट्रीमा भीषण आगलागी भइरहेको छ ।

आज बिहान प्लाई फ्याक्ट्रीमा आगलागी शुरु भएको हो । फ्याक्ट्रीमा लागेको आगो निभाउन बिर्तामोड , भद्रपुर र दमकको दमकल , प्रहरी र स्थानीय लागिरहेका छन् । तर अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नजिकैको बस्तीमा फैलिनसक्ने खतरा रहेकाले हरसंभव छिटो आगो नियन्त्रणमा लिने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । उनले आगलागीको कारण र आगलागीबाट भएको क्षति थाहा हुन नसकेको रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्