बिर्तामोड , मंसिर १९ । मयुर प्लाई उत्पादन गर्दै आएको बिर्तामोड नगरपालिका २ स्थित नमस्ते प्लाई फ्याक्ट्रीमा आगलागी भएको छ ।

आज बिहान ६ बजेतिर विद्युत सर्ट भई प्लाई फ्याक्ट्रीमा आगलागी भएको हो । फ्याक्ट्रीमा लागेको आगो बिर्तामोड , भद्रपुर र दमकको दमकल , जनपद , सशस्त्र प्रहरी र स्थानीयले करिव ३ घण्टापछि नियन्त्रणमा लिएको उद्योगका संचालक राजकुमार अग्रवालले बताए । भर्खर मात्र नियन्त्रणमा आएको आगलागीबाट पाइनउड , मेशिनलगायत जल्दा करिव ५० लाखको क्षति भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्