बिर्तामोड, मंसिर १९ । नेपाली कांग्रेस झापाले मेचीनगर नगरपालिकाकी उपमेयरका विषयमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा आज सम्पन्न पदाधिकारीको बैठकले हिजो मेचीनगर नगरपालिकाकी उपमेयरका विषयमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाली कांग्रेस हत्या, हिंसा, तोडफोड, आगजनीजस्ता अराजक र आतंकित गतिविधिहरुको विपक्षमा रहेको र यस्ता उच्छृङ्खल गतिविधिहरुलाई निरुत्साहित मात्र होइन सदाका लागि निर्मूल गर्नुपर्छ भन्ने मान्यता राख्दछ । अतः नेपाली कांग्रेस र कांग्रेससँग सम्बद्ध भातृ तथा शुभेच्छुक संस्थाहरु समाचारमा आएजस्तो घटनामा संलग्न नरहेको र कहिले पनि नरहने कुरा जानकारी गराउँदछौं । ’


लोकतान्त्रिक पद्दतिको उपहास गर्दै सरकारको निर्देशनमा प्रशासनबाट नेपाली कांग्रेसका बरिष्ठ नेता भद्र एवं शालीन ब्यक्तित्व रामचन्द्र पौडेलमाथि भएको दुब्र्यवहार सर्वथा निन्दनीय रहेको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ–‘अव उप्रान्त यस प्रकारका कार्य नदोहो¥याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं, साथै उक्त घटनाका दोषीउपर तत्काल कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्