झापा, मंसिर १९ । रिलायन्स फाईनान्स लिमिटेडको १२ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकात्सवको अवसरमा दशवटा शाखा कार्यालयहरु बिर्तामोड , धुलाबारी , दमक , सितापाईला , धनगढी , महेन्द्रनगर , कोहलपुर , अत्तरीया , टाँडी र भैरहवा शाखाको उद्घाटन भएको छ ।
संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले डिजिटल माध्यमबाट सबै शाखाहरुको उद्घाटन गरेका हुन् ।
नेपाल राष्ट्र बैक बाट ’ग’ वर्गको वित्तीय कारोबार गर्ने ईजाजत प्राप्त गरेको फाइनान्सले स्थापना भएको १२ वर्षमै काठमाडौंको प्रदर्शनीमार्गमा मुख्य कार्यालय र २० वटा शाखा सञ्चालनमा ल्याइसकेको क्षेत्रीय प्रबन्धक जीवन श्रेष्ठले जानकारी दिए । संस्थाको हालको अधिकृत पूँजी १ अर्ब रहेको छ भने जारी पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ । त्यस्तै कर्जा ४ अर्ब १८ करोड र निक्षेप ५ अर्ब ६० करोड रुपैयाँ रहेको छ । संस्थाले १२ औं वर्षमा प्रवेश गरेको अवसरमा ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत विपन्न वर्गका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा संलग्न क्रियाशील संस्थाहरुलाई सहयोग गरेको छ ।
यसै अवसरमा संस्थाले विभिन्न सरकारी, गैरसरकारी तथा निजी कम्पनीहरुमा काम गर्ने कर्मचारीहरुको सुविधाको लागि उच्चतम प्रतिफलयुक्त ‘रिलायन्स स्वावलम्वी पेरोल बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस खाताबाट देशका विभिन्न क्षेत्रमा आबद्ध रही कार्य गर्ने विभिन्न तहका कर्मचारीहरुले यस संस्थामा संस्थागत रुपमा तलबी खाता वा स्वयम्ले व्यक्तिगत रुपमा खाता खोली कारोबार गर्न सक्नेछन् ।