बिर्तामोड , मंसिर १९ । पुकारचन्द्र सिंह राजवंशीलाई जिल्ला अध्यक्षबाट पदमुक्त गरिएपछि राजवंशी समाज विकास समिति झापाको कार्यवाहक अध्यक्षमा दिनेश्वर राजवंशीलाई तोकिएको छ ।

राजवंशी समाज विकास केन्द्रीय समितिले तत्कालीन अध्यक्ष पुकारलाई कार्वाही गरी पदबाट हटाएपछि विधान बमोजिम समितिको अध्यक्षमा दिनेश्वरलाई तोकिएको हो । राजवंशी समाज विकास समिति झापाका उपाध्यक्ष दिनेश्वर राजवंशीको अध्यक्षतामा बहुमत सदस्यहरूको आज बसेको बैठकले केन्द्रीय समितिको निर्णयलाई स्वीकृत गरी विधानबमोजिम रिक्त रहेको अध्यक्ष पदमा दिनेश्वरलाई कार्यवाहक दिईएको समितिका सचिव मुनिलाल राजवंशीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्