माई इलाम, मंसिर १९ । अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वास्थ्य बिमा माई नगरपालिकाले गर्न थालेको छ ।

हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य बिमा सहयोग कार्यक्रमलाई प्रभावकारी बनाउन आज अभिमुखीकरण गरिएको हो । वडाभित्रका दर्ता सहयोगी र सिबिआरएफका लागि आयोजित एकदिने अभिमुखीकरण कार्यक्रममा अपाङ्गता भएका ब्यक्ति र उनका संरक्षकसहित परिवारका पाँच जनाको बिमा गरेवापत परिवारले पाँच सय रुपैयाँ र नगरपालिकाले ३ हजार रुपैयाँको साझेदारी गर्नु पर्ने जानकारी दिईएको थियो । यस आर्थिक बर्षमा चार सय परिवारलाई बिमा गराउन नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको माईका प्रशासन शाखा प्रमुख नविनकुमार पौड्यालले जानकारी दिए ।

प्रशासन शाखा प्रमुख पौड्याल र जनस्वास्थ्य निरीक्षक पुष्कर कट्टेलले सहजीकरण गरेको अभिमुखीकरण कार्यक्रममा माई नगरपालिकाभित्रका दर्ता सहयोगी, समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता (सिबिआरएफ) र सरोकारवाला ब्यक्ति गरी १८ जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा दर्ता सहयोगीहरु पुष्पा गिरी, पुष्प खनाल, नरवीर तामाङ्ग, कल्पना न्यौपाने, सुशिला आचार्य, प्रतिमा न्यौपानेलगायतले कार्यक्रमको प्रभाव र समस्याका बारेमा आ–आफ्नो बिचार राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्