बिर्तामोड , मंसिर १९ । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघको आयोजनामा नेपालमा आदिबासी महिलाको भूमि अधिकार सम्बन्धमा स्थानीय सरकार र सरोकारवालासँगको तीनदिने संवाद कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा झापाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले आदिबासी महिलाहरुको क्षमता विकासका लागि वार्षिक बजेटमा कार्यक्रमको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि राना , शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्र शेर्मा ,भद्रपुर नगरपालिकाकी उप प्रमुख चन्द्रा श्रेष्ठ , बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेल, मेचीनगर १२ का वडाध्यक्ष नगेन्द्र धिमालले सो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघकी संस्थापक यशोकान्ती भट्टचन , कालिका सामुदायिक वनका सचिव मैना राजवंशीले पनि सहजीकरण गरेका थिए । कार्यक्रममा पाँच वटा जातिका तर्फबाट पाँच—पाँचजनाका दरले २५ जना , प्रदेश र जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्