झापा, मंसिर २० । राजतन्त्रको पुनस्र्थापना र हिन्दू राष्ट्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा मोटरसाइकल र्याली निकालेको छ ।

राजसंस्था र हिन्दूराष्ट्रको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायतका विषयमा केन्द्रित रहेर झापामा राप्रपाले आज देशव्यापी प्रदर्शन गरिरहेको हो । विभिन्न पालिकाबाट निस्केका मोटरसाइकल र्याली काँकरभिट्टामा भेला भएर त्यहाँबाट एकैसाथ बिर्तामोडमा आएर कोणसभा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्