झापा , मंसिर २१ । कोरोना भाइरस संक्रमणका कारण किरात लिम्बू समुदायको महान पर्व चासोक तङनाम यस वर्ष औपचारिक रुपमा शिवसताक्षीमा नमनाइने भएको छ ।

विगत ४ वर्षदेखि शिवसताक्षीको दूधे र धरमपुरमा धुमधामले मनाइदै आएको चासोक तङनाम उधौली पर्व यसपटक अनौपचारिक रुपले पूजा अनुष्ठान गरेर सामान्य रुपमा मात्र मनाउने किरात याक्थुङ चुम्लुङ, शिवसताक्षीका अध्यक्ष वीरबल जबेगुले जानकारी गराएका छन् ।
अघिल्लो साल तीन महिना अगाडिदेखि नै पूर्वतयारीमा जुट्दै आएका शिवसताक्षीका लिम्बू समुदाय यसपटक भने निरास बनेका छन् । बाक्लो जन उपस्थितिले भाइरस संक्रमण बढ्न सक्ने भन्दै यसपटक यस्तो निर्णय गर्नुपर्ने भएकाले किरात याक्थुङ चुम्लुङ, शिवसताक्षीले दुःख समेत व्यक्त गरेको छ ।

याक्थुङ नालीफुङवा चुम्भो शिवसताक्षीले घरभित्र मनाउँदै आएको चासोक तङनामलाई विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ ४ वर्ष अगाडिबाट सुरु गरेको चासोक तङनाम उधौली पर्व भव्यताका साथ सम्पन्न भएको थियो । चुम्भोले राम्रै प्रशंसा समेत पाएको थियो । उक्त कार्यक्रमलाई प्रत्यक्ष प्रसारणद्वारा विश्वभर रहेका नेपालीहरुलाई देखाइएको थियो ।
त्यस्तै गत वर्षमा लिम्बू समुदायको छाता संस्था किरात याक्थुङ चुम्लुङ र याक्थुङ नालिफुङवा चुम्भोको आयोजनामा कार्यक्रम गरिएको थियो । त्यस कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भएको थियो । जसले समाज र समुदायमा सकारात्मक सन्देश दिएको थियो । चासोक तङनाम लिम्बुवान क्षेत्रको लागि महत्वपूर्ण चाड हो । किरात लिम्बूहरु प्रकृतिपूजक भएकाले लगाइएको बालीनाली घरमा भित्र्याएपछि माङ देवतालाई चढाएर मात्र आपूmले खाने चलन छ । अन्न चढाउने उत्सवका रुपमा मनाइने यो पर्व फेदाङमा, येवा, माङ (बिजुवा), सेवा सावा (किराँत पुरेत) हरुले हाम्रो बालीनाली आउँदो वर्ष सप्रियोस्, अन्न खाँदा रोगव्याध नलागोस् भन्दै पितृदेवलाई चढाएर खाने चलन रहेको छ । ्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्