बिर्तामोड, मंसिर २१ । मञ्जुश्री असहाय संरक्षण केन्द्र झापाले अर्जुनधारा नगरपालिका–६ कप्तानबारीस्थित अपाङ्गता बालशिक्षा सरोकार केन्द्रमा लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर खाद्यान्न वितरण गरेको छ । सरोकार केन्द्रमा रहेका बालबालिकाहरुलाई खाद्यान्न वितरण गरेर लैंगिक हिंसा विरुद्धको अभियान मनाइएको संरक्षण केन्द्रकी सचिव पुनम ओडारीले बताइन् ।


सरोकार केन्द्रमा रहेका बालबालिकालाई हौसला प्रदानका लागि खाध्य सामग्री वितरण गरिएको ओडारीले जानकारी दिइन् । संरक्षण केन्द्रले लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर सुरुवात देखि नै विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको संस्थाकी उपाध्यक्ष सुमी राउतले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्