इलाम , मंसिर २३ । इलामको माई नगरपालिका ४ स्थित धरमपुर–सिजालीटारबीचको गरुवा खोलामा पुल निर्माण हुने भएको छ ।

प्रदेश नम्वर–१ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वो (मौसम) ले सो पुलको आज शिलान्यास गरेका छन् । प्रदेश सरकारको २ करोड १८ लाखको बजेटमा सो पुल बन्न लागेको माई नगरपालिकाका लेखा प्रमुख क्षेत्रनाथ शर्माले बताए । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी सतासी आरके कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्