बिर्तामोड, मंसिर २४ । बिर्ताबजारको पुरानो ऐतिहासिक दुर्गा मन्दिरलाई सार्दा अनिष्टको अपवाह फैलाउने ‘झाक्रीहरु’ मन्दिर भत्काउने बेलामा भने दुलो पसेका छन् ।

भत्काउँदै गरेको पुरानो मन्दिर

दुर्गा भगवतीको मूर्तिलाई नयाँ मन्दिरमा सारिसकेपछि करिव सय वर्ष पुरानो मन्दिर आजदेखि भत्काउन थालिएको छ । निर्माणाधिन बिर्तामोड चन्द्रगढी सडकको क्षेत्रभित्र परेको पुरानो दुर्गा मन्दिरलाई कात्तिक १ गते स्थानान्तरण गरिएको थियो । घटस्थापनाको अवसर पारेर धार्मिक विधि अनुसार दुर्गा भगवतीको मूर्तिलाई नयाँ मन्दिरमा स्थानान्तरण गरिएको हो । त्यसको अघिल्लो दिन राति समाजमा अपवाह फैलाउन खोज्ने केही ब्यक्तिहरुले मन्दिर बांगिएको भन्दै आतंक सिर्जना गर्न खोजेका थिए । राप्रपासम्बद्ध केही ब्यक्तिहरुले पुरानो मन्दिरबाट नयाँ मन्दिरमा सार्न खोज्दा देवी भगवती रिसाएर मन्दिर बांगिएको भन्दै अब अनिष्ट हुन सक्ने आतंक फैलाएका थिए । जुन असत्य र निराधार सावत भएको थियो । भोलिपल्ट मन्दिर स्थानान्तरणको दिन बिहान हेर्दा पुरानो मन्दिर सकुशल नै रहेको थियो ।

पुरानो मन्दिरलाई स्थानान्तरण गरिएको नयाँ मन्दिर

बीच बाटोमा परेको सो मन्दिर सार्न नदिन केही व्यक्तिहरु लागिपरेका थिए । पुरानो र ऐतिहासिक मन्दिर मास्न लागेको भन्दै पुरातत्व विभागमा केहीले उजुरीसमेत दिएका थिए । अन्ततः उनीहरुको हरेक हत्कण्डा असफल बनेको थियो ।सो मन्दिरकै कारण निर्माणाधिन बिर्तामोड– गरामनी सडकको काम रोकिएको थियो । बाटोमा परेको मन्दिर भत्काइएपछि अब त्यस ठाउँमा ढल निर्माणलगायतका काम गरिने ठेकेदार केदार गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्