कुमरखोद , मंसिर २४ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई सिदा खर्चवापत झापा गाउँपालिका वडा नं २ सडकवाडीका एक परिवारलाई ४० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

कर्णाली बचत तथा ऋण सहकारी संस्था कामाटोली सेवाकेन्द्र व्यवस्थापन समितिका संयोजक टंक विश्वकर्माले सेयर सदस्य मुगली मर्डीका श्रीमान् लुखिराम मर्डीको निधन भएको १०औं पुण्य तिथिमा घरमै पुगेर नगद ४० हजार, फलफुल र समवेदना पत्र हस्तान्तरण गरेको कर्णाली साकोस कामाटोली सेवा केन्द्रका प्रमुख धर्म लम्सालले बताए । लम्सालले यस सहकारीमा कुनै पनि शेयर सदस्यहरुको मृत्यु भएमा सिदा खर्च दिने नियम रहेको बताए । यस कामाटोली सेवा केन्द्रमा जम्मा सेयर सदस्य ११४५ जना रहेका छन् ।
समवेदना कार्यक्रममा कर्मचारीहरु उमेश गणेश , प्रदीप कार्की , विनिता राजवंशी सहभागी रहेका थिए भने शेयर सदस्यहरु सेलीना हेमरम , झरिप्रसाद कोच , रानी वन उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रबहादुर आङ्दम्वे , सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य फुलकुमारी आङ्दम्वेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्