कुमरखोद ,मंसिर २५ । झापा गाउँपालिकाबाट लागुऔषध खैरो ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । झापा गाउँपालिका– २ पंचमचोकबाट खैरो ब्राउन सुगरसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा शिवसतासी नगरपालिका –४बस्ने वर्ष ३५ का वेलबहादुर भुजेल, शिवसतासी –५कै वर्ष २० को देवराज ताजपुरिया र ं–६का वर्ष २० का सन्तोष राजवंशी रहेका छन् । उनीहरुको साथबाट खैरो ब्राउन सुगर २.५ ग्राम फेला परेको थियो ।


उनीहरुलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले बुधवार दिउँसो प्रकाउ गरेको हो । प्रहरीलले उनीहरुको साथबाट स्कुटरसमेत बरामद गरेको छ । पक्राउ परेका नीनैजनालाई आवश्यकप अनुससन्धानका लागि जिल्ला प्रहरी कार्यालय चन्द्रगढी पठाइएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्