झापा , मंसिर २५ । झापाको बिर्तामोडमा लैङ्गिक हिंसाको बिरुद्धमा महिलाहरुले कार्यक्रम गरिरहेकै दिन मेचीनगर नगरपालिका–१३ चारआलीमा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ ।

झापा अर्जुनधारा–११ की माइना हस्दाको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पाउ पाथीभरा अगाडि चारआली सडकखण्डको कल्भर्टमुनि ती बृद्धाको शव आज विहान भेटिएको प्रहरीले जनाएको छ। हत्या आरोपमा भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । हत्या गरेर शव भेटिएको छ भनेर स्वयम् बिर्जाले प्रहरीलाई खबर गरेका थिए । शंका लागि सोधखोज गर्दा बिर्जाले बलात्कारपछि आफूले नै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले वृद्धाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । लाशलाई पोष्टमार्टमका लागि धरान पठाइएको छ , बलात्कारपछि हत्या भए नभएको मेडिकल रिपोर्ट आएपछि मात्र प्रमाणित हुने डिएसपी थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्