बिर्तामोड , मंसिर २५ । बिर्तामोड १ मा तीन तलामाथिबाट खसेर एक बालिका सख्त घाइते भएकी छन् ।

आज दिउँसो १ बजेतिर बिर्तामोड १ बस्ने गंगा न्यौपानेको तीनतले घरमाथिबाट खसेर उनकी १५ वर्षिया छोरी स्वस्तिका घाइते भएकी हुन् । घाइतेलाई तत्काल छिमेकीले उठाएर बिर्ता सिटी हस्पिटल लगेका थिए । बालिकाको अबस्था खतरामुक्त रहेको उनका बुवा न्यौपानेले बताए । घरमा कोही नभएको बेला खेल्ने क्रममा छोरी माथिबाट खसेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्