बिर्तामोड, मंसिर २५ । नारी सञ्चार गृह झापाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको कानूनी साक्षरतासम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तरगत बिर्तामोड नगरपालिका वडा नं ५ को सहयोगमा प्रशिक्षण बिहीबार सम्पन्न भएको हो । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो ।

नेपाल बार एशोसिएसन झापा कार्यसमिति सदस्य देवी निरौलाले सहजीकरण गरेको कार्यक्रमा वडा सदस्य डीआर कडरिया, कार्यपालिका सदस्य भावना घिमिरे, वडा सदस्य लक्ष्मी बाँस्कोटा, समाजसेवी शंखर ढुगेंललगायतको सहभागिता थियो । नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेजिना रोदनले स्वागत मन्तव्य गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव भूमिका सुब्बाले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्