बिर्तामोड, मंसिर २५ । मञ्जुश्री असहाय संरक्षण केन्द्र झापाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा बिर्तामोडमा दीप प्रज्वलन गरेको छ ।

कार्यक्रम बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईँको प्रमुख आतिथ्यतामा भएको थियो । उपप्रमुख प्रसाईँले हिंसाको अन्त्यका लागि महिला र पुरुष दुवैको सम्मान जिम्मेवारी रहेको बताइन् । कार्यक्रममा बिर्तामोड नगरपालिका–४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको समेत उपस्थिति रहेको थियो ।

मञ्जुश्री असहाय संरक्षण केन्द्र झापाकी अध्यक्ष निकिता प्रसाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव पुनम ओडारीले गरेको संस्थाकी उपाध्यक्ष सुमी राउतले बताइन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर संस्थाले यसअघि सचेतना कार्यक्रम, अर्जुनधारास्थित अपाङ्गता बाल शिक्षा सरोकार केन्द्रमा खाद्यान्न वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्