दमक,मंसिर २६ । झापाको कमल गाउँपालिका २ की अस्मिता न्यौपाने र मेचीनगर ७ काँकरभिट्टाका मनोज मैनालीबीचको वैवाहिक कार्यक्रममा हुने खर्च कटौती गर्दै नवजोडीले एक सामाजिक संस्थालाई २६ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

अस्मिताले आफूआवद्ध संस्था बोलोचोक विकास समितिका गतिबिधिहरुमा सहयोग पु¥याउने उद्धेश्यले विवाहको फजुल खर्च कटौती गर्दै सो संस्थामा आर्थिक सहयोग गरेकी हुन् ।

बोलोचोक विकास समितिद्वारा सामाजिक सञ्जाल फेसबुक मार्फत सञ्चालन हुँदै आएको लाईभ कार्यक्रम संञ्चालिका न्यौपानेले सामाजिक रीतिरिवाजमा हुने खर्च सामाजिक काममा लगाउन सो सहयोग रकम प्रदान गरेको बताएकी छन् । उनले अहिले विश्व नै कोभिड–१९ महामारीमा भएकाले यस्तो बेला फजुल खर्च नभई गरिब, असहाय, विपन्न साथै सामाजिक कार्यमा राहत तथा सहयोग चाहिएको बताउँदै उनले अनावश्यक खर्चभन्दा उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताईन् ।
बोलोचौक विकास समितिका अध्यक्ष डाक्टर धर्मेन्द्रकुमार साहले यस्ता सहयोगले सामाजिक कार्यमा लाग्न थप हौसला मिलेको बताउँदै नव विवाहित दम्पतीलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्