भद्रपुर, मंसिर २७ । चन्द्रगढी सेवा समाज भद्रपुर १० को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

२०७५ सालदेखि झापाको चन्द्रगढीमा सामाजिक गतिविधि गरिरहेको समाजले जिल्ला प्रशासन कार्यालय झापामा विधिवत दर्ता भएपछि प्रथम पटक वार्षिक सधारणसभा गरेको हो ।
संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा भद्रपुर १० का वडा सचिव मनकुमार डाँगी, दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश निरौला, भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेल, चन्द्रगढी सेवा समाजका सल्लाहकार संयोजक खिलनाथ पाण्डे निकाश, बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीलगायतले शुभकामना मन्तव्य राख्दै समाजसेवाका क्षेत्रमा चन्द्रगढी सेवा समाजको भूमिका अविस्मरणीय रहेको धारणा राखेका थिए ।
सचिव देवीमाया अधिकारीले सञ्चालन गरेको कार्यक्रममा लेखा समितिका संयोजक खड्गबहादुर बुढाथोकी, कोषाध्यक्ष युवराज न्यौपाने, अध्यक्ष कमलप्रसाद अधिकारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम अनुमोदन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्