बिर्तामोड, मंसिर २७ । झापाको बिर्तामोडमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड ४ का भुजेल थरका ८१ वर्षिय बृद्ध रहेका छन् । उनको आज विहान ४ बजे कोशीको कोभिड हस्पिटल विराटनगरमा मृत्यु भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।

मृतकको लाश लिन नगरपालिकाको शववाहन विराटनगर पठाइएको र लाश ल्याइसकेपछि नेपाली सेनाले अन्त्येष्टि गर्ने उनले जानकारी दिए । ती बृद्धलाई ८ दिनअघि संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बिर्तामोडमा १३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्