दमक,मंसिर २७ । नेपाल जेसीजको राष्ट्रिय महाधिबेशन नजिकिएसंगै दमक शाखाको नेतृत्वको लागि चुनावी चहलपहल शुरु हुन थालेको छ

। पुष १ देखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा हुने नेपाल जेसीजको ४७ आंै राष्ट्रिय महाधिवेशनलगत्तै दमक शाखाको पनि अधिबेशन हुने भएपछि यतिखेर नेतृत्वका लागि आन्तरिक कसरत हुन थालेको हो ।
२०२१ को नेतृत्व आफनो पक्षमा पार्नका लागि उम्मेद्वारहरुले शाखामा आवद्ध सदस्यसंग लविङ गर्न थालेका छन् । नेतृत्वका लागि यसपटक हालका महासचिव सञ्जिव वरालले उम्मेद्वारी दिने सार्वजनिक गरिसकेका छन् । जेसीजमा लामो अनुभव वटुलेका बरालले जेसीज अभियानलाई अगाडी वढाउन आफूले अध्यक्षमा आंकाक्षा राखेको बताए ।

रेडिमेड कपडा व्यवसायीसंगै विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत सक्रिय उनले भने,–‘जेसीजमा नाम होइन, केही राम्रा काम गरौं भन्नका लागि पनि अध्यक्षको दावी गरेको छु ’ जेसीजमा नेतृत्वका लागि धेरै साथीहरु सक्षम रहेको बताउँदै उनले दमक जेसीजलाई थप क्रियाशील बनाउन तथा युवालाई सृजनशील कार्यमा प्रोत्साहित गर्न पनि नेतृत्वमा आफूलाई योग्य ठानेको जिकीर गरे ।
उनीसंगै यसपटक दमक जेसीजको अध्यक्ष पदका लागि पूर्व महासचिव सुयोग खरेलले पनि दावी गर्दै आएका छन् । नेतृत्व सहमतिमा नै टुङग्याउन पूर्वअध्यक्षहरुले पनि आन्तरिक कसरत गर्न थालेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्