बिर्तामोड , मंसिर २७ । बिर्तामोड ९ मा शनिबार दिउँसो आगलागी भएको छ ।

आगलागीबाट गंगाबहादुर तिवारीको दुई विगाहको पराल र केही धान जलेर नष्ट भएको छ । केटाकेटीले खेल्नेक्रममा आगो लगाइदिएको हुनसक्ने आशंका गरिएको छ । घर नजिकै रहेको परालमा आगलागी हुँदा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएर थप क्षति हुनबाट जोगाएका थिए । बिर्तामोड नगरपालिकाको दमकल भने बाटो नभएर घटनास्थलसम्म पुग्न नपाएको गंगाबहादुरका छोरा राज तिवारीले बताए । उनले दुई विगाह खेतको पुरै पराल र शनिबार नै थ्रेसर गरेको केही मन धान जलेर नष्ट हुँदा ठूलो क्षति भएको जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्