तेह्रथुम,मंसिर २८ । तेह्रथुममा तरकारी खेतीका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन बालिकाको मृत्यु भएको छ ।

तेह्रथुम जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोमल ठाकुरका अनुसार पोखरीमा डुबेर छथर गाउँपालिका ६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बू तथा ८ वर्षीया सुहानाको मृत्यु भएको हो ।

रञ्जना र रोजनी स्थानीय इन्द्रबहादुर लिम्बूका छोरी हुन् भने सुहाना देवेन्द्र लिम्बूकी छोरी हुन् ।
शनिवार दिउसो पौडी खेल्न भनी हिँडेका बालिकाहरू बेलुकी अबेरसम्म घर नफर्किएपछि खोज्ने क्रममा पोखरीमा डुबेको अवस्थामा फेला परेको अभिभावकहरूको भनाई उद्धृत गर्दै स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्