भद्रपुर, मंसिर २९ । मोरङमा हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यारा खोजी गरी अविलम्ब कारवाही हुनुपर्ने माग राख्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाले जिल्ला प्रशासन कार्यालय झापामार्फत ४ सुत्रीय मागसहित ज्ञापनपत्र बुझाएको छ ।

उत्तरी मोरङको मिक्लाजुङ १ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्यामा संलग्नलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै संगठनले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पठाएको हो ।

संगठनका झापा जिल्ला अध्यक्ष कपिलदेव तिम्सिनाको नेतृत्वमा गएको शिक्षकको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा शिक्षक श्रेष्ठका हत्यारालाई अविलम्ब कानुनी दायरामा ल्याइनु पर्ने, सहिद घोषणा गरिनु पर्ने, परिवारको भरणपोषणका लागि राज्य गम्भीर बन्नु पर्नेलगायतका माग समेटिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्