दमक, मंसिर २९ । नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाका सभापति चन्द्र शाहलाई जेसीजले नागरिक सम्मान गरेको छ ।

कमलनगर जेसीजले आफनो जेसीज सप्ताह समापनका अवसरमा एक कार्यक्रमका बीच शाहलाई नागरिक सम्मान गरेको हो ।
रेडक्रस अभियानमा योगदान पुर्याएवापत शाहलाई जेसीजले नागरिक सम्मान गरेको संस्थापक अध्यक्ष रुपनारायण न्यौपानेले बताए । शाहलाई गाउँपालिकाका उपाध्यक्ष वेनुप्रसाद शिवाकोटीले सम्मान गरेका थिए । कार्यक्रम जेसीज सप्ताहमा सहयोग पुर्याउने संस्था तथा व्यक्तिहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।

कमल ५ मंगलवारे निवासी शाह रेडक्रस लखनपुरका संस्थापक हुन् । स्थापनाकालदेखि उनले रेडक्रसको नेतृत्व गर्दै आएका छन् । उनले नेतृत्व गरेको रेडक्रस दुई वर्षदेखि जिल्लाकै उत्कृष्ट उपशाखाको रुपमा पुरस्कृत समेत भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्