बिर्तामोड, मंसिर ३० । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) १ नम्बर प्रदेशले नाट्टा केन्द्रको भवन निर्माणकालागि २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । नाट्टा १ नम्बर प्रदेश कार्यसमितिको विराटनगरमा सम्पन्न बैठकले भवन निमार्णकालागि उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । साथै बैठकले लामो सयमदेखि कोरोनाको महामारीका कारण थलिएको पर्यटन व्यवसायलाई उठाउनका लागि अगामी दिनमा के–केसरी अघि बढ्ने तथा अबको चुनौती र भविष्यमा उत्पन्न हुन सक्ने अवस्थाका विषयमा छलफल गरिएको नाट्टा प्रदेश नम्बर १ का महासचिव नविन खरेलले जानकारी दिए ।


स्थानियस्तरका पर्यटन पुर्वाधारहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ १ नम्बर प्रदेशका प्रमुख पर्यटकिय गन्तव्यलाई प्रवद्र्धन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्ने समेत निर्णय भएको बताइएको छ । साथै नेपालकै होचो स्थानको रुपमा चिनिएको झापाको कचनकवलमा रहेको केचना, ताप्लेजुङ स्थित पाथिभरा मन्दिर लगायतका प्रमुख पर्यटकीय स्थालहरुको प्रवद्र्धन गर्नका लागि यात्रा समेत गरिने योजना रहेको बताइएको छ ।


साथै आन्तरीक तथा वाह्य पर्यटकलाई आकर्षित गर्नका लागि होटल तथा ट्राभल क्षेत्रमा काम गर्नेहरुलाई हस्पिटालिटी सम्बन्धी तालिम प्रदान गरिने तथा होटलका गाडी चालक , ट्राभलसँग सम्बन्धित रही पर्यटकलाई सेवा दिँदै आएका गाडीका चालकलाई तालिम तथा प्रशिक्षण समेत दिने निर्णय गरिएको संस्थाका महासचिव खरेलले जानकारी दिए । साथै संस्थाको बैठकले नाट्टाको सल्लाहकारको रुपमा विराटनगरका पर्यटन व्यवसायी भबिस श्रेष्ठ तथा बिर्तमोडका शेखर ढकाललाई चयन गरेको छ । संस्थाका अध्यक्ष भुपाल श्रेष्ठको अध्यक्ष्तामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्