पथरी , मंसिर ३० । मोरङको सुनवर्र्षी २ अमरदहमा गएराति भएको आगलागीबाट स्थानीय पारस किराना पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

आगलागीबाट पसलमा रहेका खाद्य सामग्रीहरु पूर्णरुपमा नष्ट हुँदा १ करोड ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । थोक बिक्रेता रहेका साहले किराना पसलमा ठूलो परिमाणमा खाद्यान्न सामग्रीहरु राखेका थिए । क्षतिको यकिन विवरण भने अझै आउन बाँकी रहेको प्रहरी चौकी अमरदहले जनाएको छ ।

व्यापारी शाहले सञ्चालन गरेको सो किरानामा राति करिब १ बजेबाट आगो लागेको हो । विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । राति करिब २ बजेबाट खटिएका ६ वटा दमकलले बिहान ६ बजे मात्रै आगो नियन्त्रणमा लिन सफल भएका हुन् ।
प्रहरी चौकी अमरदह, स्थानीयवासीसहित विराटनगर, रंगेली, सुन्दरहरैँचा, बेलबारी, कानेपोखरी र दमकका गरी ६ वटा दमकल परिचालन गरी आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्