चुलाचुली,मंसिर ३० । इलामको चुलाचुली रंगमञ्चले आफ्नो आठौंं बार्षिकोत्सव मनाएको छ ।

चुलाचुली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालिदास भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो ।

चुलाचुली ४ स्थित आइतबारेमा स्थापना गरिएको चुलाचुली रंगमञ्चले हरेक बर्षको मंसिर २९ गते रंगमञ्चको स्थापना दिवस मनाउँदै आएको नाट्य संस्थाका अध्यक्ष हेमकुमार लिम्बूले बताए ।
सो रंगमञ्चले ग्रामीण क्षेत्रमा रहेका रंगकर्मीहरुको प्रतिभालाई उजागर गर्न नाट्य गतिविधिहरु गर्दै आएको छ । बार्षिकोत्सव कार्यक्रममा कवि राजकुमार सुब्बा, पुष्प लोवा, हिमाल गुराँस सुब्बा, गायक केवि चेम्जोङ, रंगकर्मी सिजन दाहाल, समाजसेवी तथा राजनीतिक व्यक्तित्व नकु बान्तवा, शरण जबेगु र कलाकारहरुको उपस्थिति रहेको थियो ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष भट्टराईले गाउँमा नेपाली कला, साहित्यको विकासमा टेवा पुर्याउन चुलाचुली रंगमञ्चले स्थायी रंगमञ्च घर निर्माणको लागि जग्गा तयार गरेमा ४० लाख सम्मको बजेट निकास गर्न पहल गर्न आफूले साथ दिने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्