दमक,मंसिर ३० । दमकको पुष्प– धिरेन्द्र स्मृति प्रतिष्ठान बहुप्राविधिक शिक्षालयले गत शुक्रवारवाट डिप्लोमातर्फ तीनवर्षे सिभिल इन्जिनियरिङको पढाइ सुरु गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत (शंकर ) का अनुसार सिटिइभिटीको सम्बन्धनमा यस वर्षदेखि प्राविधिक विषयतर्फ सिभिल इन्जिनियरिङको पढाइ सुरु गरिएको हो । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालयले तीनवर्षे सिभिल इन्जिनियरिङको पठनपाठन शुरु गरेको हो ।
उनका अनुसार एसईई परीक्षामा अनिवार्य गणित र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त र अंग्रेजी विषयमा न्यूनतम डि प्लसं ग्रेड प्राप्त गरेको हुनुपर्ने छ । उक्त विषयमा ४८ जना विद्यार्थी अध्ययनरत छन् । दमकमा पहिलोपटक प्रतिष्ठानले सिभिल इन्जिनियरिङको पढाइ सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्