इलाम,मंसिर ३० । इलामको माङसेबुङ– ६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक बान्तावा भाषाको पठनपाठन हुने भएको छ ।

यसका लागि विद्यालयले शिक्षकसमेत छनोट गरेको छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । बान्तवा भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष राम योङ्हाङले भाषा संरक्षण र सम्बद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्