दमक,मंसिर ३० । गिरिजाप्रसाद कोइराला (जिपी )फाउण्डेशनको प्रदेश नं १ मिडिया संयोजकमा रेवतीरमण खनाल नियुक्त भएका छन् ।

झापा गौरादह निवासी खनाललाई फाउण्डेशनको प्रवद्र्धन, विकास र योगदानका लागि दुई वर्ष कार्यकाल रहने गरी नियुक्त गरिएको हो । खनाललाई फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले मंसिर ३ गते नियुक्ति पत्र हस्तान्तरण गरेकी थिइन् ।
लामो समयदेखि काठमाडौंमा रहेर पत्रकारिता गर्दै आएका खनालले विगत केही समयदेखि भने झापामै रहेर पत्रकारिता गरिरहेका छन् । उनी न्यूनागरिक टिभी र रोजगार टाइम्स् अनलाइन न्यूज पोर्टलका प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्