बेलवारी, पुष २ । मोरङको बेलबारीस्थित एक कुखुरा फार्ममा आगलागी हुँदा करिव ९०० चल्ला जलेर मरेका छन् ।

बेलबारी – ९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको फार्ममा बिहीबार बिहान २ बजेतिर लागेको आगोमा ९०० चल्ला जलेर मरेको बेलबारी प्रहरीले जनाएको छ । आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फार्ममा भएका सबै चल्ला जलेर मरेको प्रहरीले जानकारी दिएको छ ।

आचार्यका अनुसार फुसको छानो भएको फार्ममा आठ सयवटा ब्रोइलर र एक सयवटा लोकल कुखुराका चल्ला पालिएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगोले फार्म पूर्णरुपमा जल्दा लाखौंको क्षति भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्