बिर्तामोड, पुष २ । मदन भण्डारी स्पोटर्स एकाडेमीको बिर्तामोड नगर कमिटी गठन गरिएको छ ।

एकाडेमीको आयोजक कमिटीको पहलमा बिहीबार प्रविण सादेम्वाको अध्यक्षतामा नगर कमिटी गठन भएको हो ।एकाडेमीका झापा जिल्ला अध्यक्ष हरिचरण शिवाकोटीको प्रमुख आतिथ्यमा भएको बिर्तामोड नगर कमिटीको उपाध्यक्षमा गुञ्जन थापा, सचिवमा रोहित ओली, सहसचिवमा राधा भट्टराई र कोषाध्यक्षमा आइतमाया शेर्मा रहेका छन् । यसैगरी, माधव झा, सन्दीपजंग संग्रौला, जितेन राई, बालकृष्ण गौतम, विशाल धिमाल, हेमराज भट्टराई, रोमन चापागाई, राजेश खड्का, विशाल विमली, विजया राई, ओसिन तामाङ, राजीव कालिकोटे, अनिश सुवेदी, रवि श्रेष्ठ, मेनुका मगर सदस्य रहेका छन् । अन्य एक जनालाई पहिलो बैठकले मनोनित गर्नेछ ।

आयोजक कमिटीकी संयोजक अनिता कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा एकाडेमीका जिल्ला अध्यक्ष शिवाकोटी, जिल्ला सदस्य बद्री भट्टराई, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देन र बिर्तामोड नगर खेलकुद विकास समितिका उपाध्यक्ष केशव भण्डारीलगायतले नयाँ कमिटीलाई शुभकामना दिएका थिए ।आयोजक कमिटीका सहसंयोजक ज्ञानेन्द्र राईले स्वागत गरेको कार्यक्रममा बिर्तामोड ४ का वडा सदस्य राहुल शर्मालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन मदन बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्