बिर्तामोड ,पुष २ । स्थानीय पालिका र वडा कार्यालयले चलनचल्तीको मूल्य रेल विभागलाई पठाउन ढिलासुस्ती गरेको गुनासो आएपछि बिर्तामोड ३ मा मूल्यांकन गर्न थालिको छ ।

बिर्तामोडको ३ नं वडा कार्यालयले वडा सदस्य पूर्ण राजवंशीको अध्यक्षतामा ३ सदस्यीय मूल्यांकन समिति गठन गरी चलनचल्तीको मूल्य बुझ्न थालेको हो ।

यसक्रममा बिर्तामोड ३ का रेलवे प्रभावित र छरछिमेकहरुहरुसँग भेटेर रेलको लिकमा पर्ने उनीहरुको जग्गाको खण्ड–खण्ड हेरेर मूल्यांकन गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताए । उनले आफ्नो रोहवरमा मूल्यांकन समितिले जग्गाको मूल्यांकन गरेको जानकारी दिए । बिर्तामोड ३ को दुई सयभन्दा बढी कित्ता रेलवेको लाइनले भेट्ने देखिन्छ । ती सबै कित्ताको मूल्यांकन गरिसकिएको बताउँदै वडाध्यक्ष सिटौलाले आइतबार वडा समितिको बैठकमा छलफल गरेर त्यसैदिन मूल्यांकन रेल विभागलाई पठाउने जानकारी दिए ।

रेल विभागले पत्राचार गरी वडा कार्यालयहरुलाई चलनचल्तीको मूल्य पठाउन एक महिनाअघि नै परिपत्र गरेको थियो । तर, पालिकाहरुले विभागलाई मूल्यांकन पठाएका छैनन् । केही दिनअघि रेलवे प्रभावितहरुले खवरदारी गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्