दमक , पुष २ । पछिल्लो २४ घण्टाभित्र झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी दमकका १३ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये ८ जना महिला र ९ जना पुरुष रहेका छन् । दमक नगरपालिकाका संक्रमित १३ जनामध्ये ७ जना महिला र ६ जना पुरुष छन् ।यसैगरी, गौरादह नगरपालिकाका एक जना महिला र एक जना पुरुष तथा कमल गाउँपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कुल संक्रमितको संख्या ४ हजार ३९१ पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार ७७६ रहेको छ । यसैगरी सक्रिय संक्रमित भइ विभिन्न आइसोलेसनमा उपचाररतको संख्या ४९० रहँदा होम आइसोलेसनमा ४८३ जना रहेका छन् ।झापा जिल्लामा हालसम्म ३४ हजार ८१० जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएका छन् ।




