भद्रपुर,पुष ३ । झापाको ऐतिहासिक नगर भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री नगरका रूपमा घोषित हुने भएको छ ।

भद्रपुर नगरपालिकाका अनुसार यही पौष ७ गते बालमैत्री नगरका रूपमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भद्रपुर नगरलाई पहिलो बालमैत्री नगरका रूपमा घोषणा गर्ने भएको हो । झापाको सदरमुकाम समेत रहेको भद्रपुर नेपालको पाँचौं बालमैत्री नगर हुने छ । बालमैत्री नगर घोषित हुन तय भएका ४२ वटा सूचक पार गरेपछि बालमैत्री घोषणाको चरणमा पुगेको नगर प्रशासनको भनाइ छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर नगरलाई बालमैत्री नगर घोषणा गर्न पौष ७ गतेको मिति तय भएको जानकारी दिएका छन् । प्रमुख श्रेष्ठका अनुसार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालमैत्री नगर घोषित गर्दै प्रमाणपत्र दिने तयारी प्रदेश सरकारमार्फत भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्