बिर्तामोड , पुष ३ । रात्रिबसमा यात्रा गर्दागर्दै एक बृद्धाको मृत्यु भएको छ ।

काठमाडौंबाट भारत आसाम घर फर्किने क्रममा ७२ वर्षिया धनमाया लुइटेलको मृत्यु भएको हो । उनको शव बिर्तामोडको बिएण्डसी हस्पिटलमा राखिएको छ । काठमाडौबाट छुटेको ना ७ ख नं.को इन्द्रेणी यातायातमा यात्रा गर्दागर्दै हिजो बिहान ५ बजे बर्दिबास आइपुगेपछि उनको अचानक मृत्यु भएको हो । उनको शवलाई दिउँसो २ बजेतिर बिर्तामोड ल्याई चालकले बिर्तामोड प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । उनको लाश आसाम लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ती बृद्धा लकडाउन हुनुअगावै काठमाडौंको गौशालामा रहेकी छोरीकहाँ गएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्