दमक, पुष ३ । रोट्याक्ट क्लब अफ दमकसहित थ्रिप्ट इट झापाले दमक ४ स्थित धनेश्वर चौंकका ४० भूमिहिन तथा विपन्न परिवारलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।

आज एक कार्यक्रम गरी त्यहाँ बस्दै आएका करिव २०० जनालाई जाडोका लागि न्यानो कपडा बितरण गरिएको हो ।
दमकमा रहेर विभिन्न सामाजिक कार्य गर्दै आएको दुई क्लब मिलेर कार्यक्रम गरिएको कार्यक्रम संयोजक सपना लिम्बूले बताईन् । कार्यक्रम सम्पन्न गर्न दुवै क्लवले लत्ताकपडाहरु संकलन गरेको अर्का संयोजक सबिता लिम्बूले जानकारी दिइन् ।
सोही अवसरमा बिष्णु आचार्यको टिम हाम्रो अभियान झापाले दमकको एक आश्रमलाई आवश्यक १० थान म्याट उपलब्ध गराएको थियो।
यसैगरी रोट्याक्ट क्लब दमककी उपाध्यक्ष बिष्णु भण्डारीले १५० थान नयाँ कपडा उपलब्ध गराएकी थिईन्। यसैगरी, कार्यक्रमका लागि रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष सन्दिप चापागाई र पूर्व अध्यक्ष नविन श्रेष्ठले जनही रु ५–,५ हजार सहयोग प्रदान गरेका थिए । कार्यक्रममा दमक रोटरीकी अध्यक्ष शान्ता ढकाल , डा. मुक्तिनाथ भट्टराईलगायतका रोटरी सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्