दमक, पुष ४ । इलामको माङ्सेबुङस्थित सरस्वती माध्यमिक विद्यालयमा वाली विज्ञानको पढाइ शुरु भएको छ ।

कक्षा ९ मा यसै वर्षदेखि औपचारिकरूपमा पठनपाठन सुरु गरिएको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले बताए । उनका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले पढ्ने अवसर पाएका छन् ।
विद्यालयले प्रवेश परीक्षा लिएर छनोट भएकालाई औपचारिक शिक्षाका लागि प्रवेश गराएको हो । परीक्षाबाट ४७ जना उत्तीर्ण भएसँगै अध्ययन सुरु गरिएको प्रअ आङ्देम्बेले जानबारी दिए । कोरोना सङ्क्रमणका कारण लामो समय विद्यालय सञ्चालन हुन नसक्दा विशेषज्ञ छनोटमा समेत समस्या भएको थियो ।
पछिल्लो समय प्रशिक्षक छनोटका लागि भएको परीक्षाबाट विवेचना आङदेम्बे छनोट भएपछि पठनपाठन शुरु गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्