बिर्तामोड , पुष ५ । आज बिहान मृत अबस्थामा फेला परेकी बिर्तामोड २ चैतुबारीकी ४२ वर्षिया दिनो राजवंशीको हत्याको अनुसन्धान गर्न शिकारी कुकुर मगाइएको छ ।

घटनास्थल

संघीय प्रहरी इकाई कार्यालय धरानबाट तालिमप्राप्त कुकुर मगाइएको प्रहरीले जनाएको छ । बिरबहादुर राजवंशीकी श्रीमती दिनो आज विहान खेतमा मृत फेला परेकी हुन् । हिजो बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन ती महिला घरबाट हिडेकी थिइन् ।त्यसपछि बेपत्ता भएकी उनको आज विहान लाश फेला परेको हो । जगत राजबंशीको खेत लिजमा लिई ३ बर्षदेखि उनीहरुले कुखुरा फार्म संचालन गर्दै आएका छन् । त्यही फार्ममा श्रीमानलाई खान पुर्याउन जान्छु भनी खाना लिई हिडेकोमा फार्ममा समेत नपुगेको र राति अबेरसम्म घर फर्की नआएकाले खोजी गर्दा फेला नपरी आज बिहान घरबाट अन्दाजी ३०० मिटर पश्चिममा लाश फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही ठाउँका मोहन मगरको खेतमा नाक र मुखबाट सामान्य रगत बगेको,उतानो अवस्थामा लाश फेला पारी उनका छोराले ईलाका प्रहरी कार्यालय घैलाडुब्बालाई जानकारी गराएका थिए । लाशको छेउमै खानाको पोको र टर्चलाइट भेटिएको छ । घाटी थिचेर र टर्चलाइटले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । हत्या गर्नुअघि बलात्कार गरेको हुनसक्ने आशंका समेत गरिएको छ । त्यसबारे अनुसन्धान गर्न तालिमप्राप्त कुकुर मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । प्रहरीले घटनास्थललाई सिल गरेको वडाध्यक्ष नगेन्द्र संग्रौलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्