बिर्तामोड, पुष ५ । गौरवशाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ५ ले तीनवटा रिक्त पदमा निर्वाचन गरी पदपूर्ति गरेको छ ।

एक ब्यक्ति एक सहकारीको नीतिनियम कार्यान्वयन गर्दै कार्यसमितिका सचिव , एक सदस्य र लेखा समितिका सदस्यले पदबाट राजीनामा दिएका थिए । ११ औं वार्षिक साधारणसभाको बन्दसत्रमा त्यस पदका लागि आज निर्वाचन भएको हो । निर्वाचन कार्यक्रमअन्तर्गत सचिवमा मीरा खड्का , कार्यसमिति सदस्यमा झलकसिंह राजवंशी र लेखा समिति सदस्यमा महावीर चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक इन्द्रसिंह राजवंशीले बताए । निर्वाचन गराउन पत्रकार राजवंशीको संयोजकत्वमा देवीप्रसाद अधिकारी र चानमणि राजवंशी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । त्यसैगरी बन्दसत्रले उद्घाटन सत्रमा हिजो प्रस्तुत प्रतिवेदनहरु पारित गरेको अध्यक्ष लवकुमार चौधरीले बताए । त्योसँगै हिजो उद्घाटन गरिएको साधारणसभा आज समापन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्