झापा, पुष ५ । चार वर्षअघि सवारी दुर्घटनावाट सख्त घाईते भएका ताप्लेजुङ सादेवा ४ घर भई हाल झापा बुद्धशान्ति बस्दै आएका ३८ बर्षिय प्रेम वर्देवालाई २ लाखबढी सहयोग प्राप्त भएको छ ।

बर्देवाको उपचारका लागि स्वदेश तथा विदेशमा बस्दै आएका नेपालीहरुवाट संकलित २ लाख ८२ हजार ५ सय २७ रुपैयाँ पीडितको घरमै पुगेर हालै हस्तान्तरण गरिएको अभियानकर्मी सुमन आङदेम्बेले बताए । वर्देवाको उपचारमा सहयोग जुटाउन कमलकुमार लिम्बु र सुमनले अभियान सञ्चालन गरेका थिए ।
चार वर्षअघि ताप्लेजुङको फलैचामा यात्रुवाहक सुमो जीप दुर्घटना हुँदा उनको मेरुदण्ड भाचिन पुगेको थियो ।
श्रीमतीसहित एक छोरा र एक छोरीका अभिभावक रहेका वर्देवाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार हुँदै आएको परिवारजनले जनाएको छ । विरामीको कम्मर मुनिको भाग चल्दैन । विरामीको उपचारमा वर्देवा परिवारले २० लाखबढी खर्च गरिसकेको र थप उपचारका लागि सवैसंग याचना गर्दै आएका छन् ।
आर्थिक अवस्था कमजोर भएका वर्देवाको थप उपचारमा सघाउ पुर्याउन यूएईवाट महेशले ५० हजार ३ सय ५, जापानका दिप आङदेम्बेको पहलमा ४२ हजार २ सय ६० , कोरियाबाट सागर लिम्बुमार्फत १ लाख ६ सय ५९, साजन कतार, राजन माङमु ,याम राउतमार्फत ८७ हजार ४०३,काठमाडौका कृष्ण माङमुवाट १० हजार,सादेवा राम बेघाबाट ५ सय , मौसम डेकोरर ५ सय र खड्ग तिवारीवाट १ हजार रुपैयाँ संकलन भएको अभियानकर्मी आङदेम्बेले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्