बिर्तामोड , पुष ५ । राजवंशी विकास समितिले विविध कार्यक्रम गरी आफ्नो २७ औं स्थापना दिवस मनाएको छ ।

त्यस अवसरमा राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा औपचारिक कार्यक्रम र रक्तदान आयोजना गरेको थियो । समितिका कार्यवाहक अध्यक्ष दिनेश्वर राजवंशीको अध्यक्षतामा बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले कार्यक्रमको उद्घाटन गरे । उनले तराईका भूमिपुत्र आदिवासी राजवंशीहरुको अबस्थाप्रति चिन्तित बन्दै उत्पीडित समुदायको उत्थानका लागि राज्यसँगै स्वयं जाति समुदाय लाग्नु पर्नेमा जोड दिए । उनले कोरोना महामारीको संक्रमण नसकिएको भन्दै त्यसबाट सावधान रहन आग्रह गरे । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष फूलसिंह राजवंशी , केन्द्रीय सचिव चन्द्र राजवंशी , आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष भरत श्रेष्ठ , कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी , कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशी , राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी , कोचिला विधान मस्यौदा समितिका संयोजक विद्यानन्द राजवंशीलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय झापाका प्रमुख कृष्णप्रसाद राजवंशी ,प्राज्ञ पवन राजवंशीलगायतको उपस्थिति रहेको थियो ।जिल्ला उपाध्यक्ष नौताली रजवंशीले स्वागत गरेको कार्यक्रको संचालन सचिव मुनिलाल राजवंशीले गरेका थिए । कार्यक्रममा रासविस मेचीनगर समितिले नृत्य र मनोरथ राजवंशीले कविता प्रस्तुत गरेका थिए । यसैबीच सो कार्यक्रममा आफूले बोल्न खोज्दाखोज्दै आयोजकले बोल्न नदिएको भन्दै निवर्तमान जिल्ला अध्यक्ष पुकारचन्द्र सिंह राजवंशीले आपत्ति जनाएका छन् । स्थापना दिवसकै अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा २ महिलासहित २७ जनाले रगत दान गरेका थिए । कार्यक्रममा रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्