राजगढ , पुष ६ । झापाको बाह्रदशी–५ मा रुखबाट लडेर एकजनाको ज्यान गएको छ ।

आज विहान ६८ बर्षीय प्रेमप्रसाद कन्दङ्वाको रूखबाट लडेर मृत्यु भएको हो ।
बिहान ९ बजे कुटमेरो रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका लिम्बूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्