दमक, पुस ६ । झापा जिल्ला होटल व्यवसायी संघको आयोजनामा इलामको जगत पाण्डेको दरबार र झण्डीडाँडाको अध्ययन अवलोकन कार्यक्रम सम्पन्न भएको छ । पैदल यात्रा हुँदै गरिएको अवलोकन कार्यक्रममा आयोजक झापा जिल्ला होटल व्यवसायी संघको अध्यक्ष इन्दिरा श्रेष्ठले जगद पाण्डेको दरबार र झण्डीडाँडा क्षेत्र अत्यन्तै आर्कषक रहेको हुँदा सो क्षेत्रमा झापाका होटलले प्याकेजमा आन्तरिक तथा वाह्य पर्यटकलाई ट्रेकिंङ गराउन सकिने बताइन् ।


त्यसैगरी इलाम र झापा मिलेर पर्यटक प्रवद्र्धनो लागि पैदल यात्रा तथा यातायात लागि सुविधा सम्पन्न बनाउन बार्षिक रुपमा बाटो मर्मत्को काम भइरहेको छ । कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाले सो क्षेत्र झापा जिल्लाको ट्रेकिंङ एरिया रहेको र यसलाई उद्योगी व्यवसायी, स्थानीय सरकार सरोकारवाला सबैले व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

होटल व्यवसायी संघका सल्लाहकार प्रकाश चुडालले सो क्षेत्र पुरातत्व बिभागले उत्खनन गर्ने तयारी गरिरहेको जनाए । झण्डीडाँडाबाट तराईका फाटहरु, सूर्य उदयको मनोरम दृश्य देख्नसकिने बताए । कोरोना र लामो समयसम्मको लकडाउनले थला पारेको पर्यटन क्षेत्रको उत्थानका लागि सो क्षेत्रको प्रचार प्रसार बढाउन आवश्यक रहेको दमक होटल व्यवसायी संघका क्षेत्रीय अध्यक्ष राजन दंगालले बताए ।


अवलोकन तथा अध्ययन कार्यक्रममा उपस्थित सम्पूर्ण व्यवसायीले झापा जिल्ला होटल व्यवसाय संघले आगामि माघ अन्तिमसम्ममा झापा जिल्लाका सम्पूर्ण होटल व्यवसायी तथा क्षेत्रीय समितिलाई २ दिने पैदल यात्रा गराउने योजनासमेत रहेको छ । झण्डीडाँडाका होमस्टे सञ्चालक खड्गबहादुर राईको अनुसार जम्मा २२ घर बसोबास रहेको उक्त स्थानमा सरकारले बजेट विनियोजन गरी पर्यटक आगवानका लागि सहज वातावरण निर्माण गर्नुपर्ने बताए । जसले जीविका चलाउन सहज हुने कुरा बताए । पर्यटकहरुका लागि स्थानीय आर्गेनिक खाना बस्नसमेत मिलाएको राई बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्